सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई साढे ७ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
बैंकले गत आ.व. २०७६÷७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांश बाँड्नलागेको हो। यसमध्ये चुक्ता पूँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
सोमबार बसेको बैंकको ३२६ औं सञ्चालक समतिको बैठकले चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो।
सो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति एंव बैंकको १०औं वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने जनाइएको छ।
30
Shares

प्रतिक्रिया