कारोबार


बोश नेपालले गर्‍यो पावर पार्टनर्स समिट, नवीन प्रविधि र उद्योग साझेदारीमा जोड

बोश नेपालले गर्‍यो पावर पार्टनर्स समिट, नवीन प्रविधि र उद्योग साझेदारीमा जोड

नेपालखबर
असार १७, २०८३ बुधबार २०:४, काठमाडौँ

बोश नेपालले नेपालका लागि आफ्नो आधिकारिक वितरक इन्फ्राटेक प्रालिसँगको सहकार्यमा असार १३ गते काठमाडौँमा ‘बोश पावर पार्टनर्स समिट नेपाल २०२६’ सम्पन्न गरेको छ।

वार्षिक रूपमा आयोजना हुने यस कार्यक्रममा करिब १२० डिलर, रिटेलर तथा व्यावसायिक प्रयोगकर्ताको सहभागिता थियो। 

व्यावसायिक सम्बन्धलाई थप सुदृढ बनाउन, बजारसम्बन्धी जानकारी आदानप्रदान गर्ने तथा बोश पावर टुल्सका नवीनतम प्रविधि र उत्पादनहरू प्रस्तुत गर्ने उद्देश्यले समिट गरिएको बोशले जनाएको छ। 

कार्यक्रममा बोशका नयाँ उत्पादनहरू, विशेषगरी आई–सिरिज, नेक्स्ट जेनेरेसनका ह्यान्ड टुल्स तथा निर्माण, काठ उद्योग र औद्योगिक क्षेत्रमा प्रयोग हुने अत्याधुनिक कोर्डलेस समाधानहरू प्रदर्शन गरिएको थियो।

साथै, उत्पादन प्रदर्शन, व्यावसायिक छलफल तथा नेटवर्किङ सेसनमार्फत सहभागीहरूलाई बोशका नवीन प्रविधि र बजारका पछिल्ला प्रवृत्तिबारे जानकारी गराइएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै बोश पावर टुल्स इन्डियाका रिजनल प्रेसिडेन्ट, सन्मय दासगुप्ताले नेपाल दक्षिण एसियामा बोश पावर टुल्सका लागि महत्वपूर्ण सम्भावना बोकेको बजार भएको उल्लेख गरे।

उनले भने, 'हामी आफ्ना डिलर साझेदारहरूसँगको सहकार्यलाई अझ सुदृढ बनाउँदै, कोर्डलेस तथा व्यावसायिक उत्पादनहरूको दायरा विस्तार गर्दै र उत्कृष्ट बिक्रीपछिको सेवा तथा डिजिटल पहुँचमार्फत ग्राहकलाई थप मूल्य प्रदान गर्न प्रतिबद्ध छौं।'

बोश नेपालका कन्ट्री हेड सन्दीप कामतले नेपाल बोश पावर टुल्सका लागि महत्त्वपूर्ण विकासोन्मुख बजार भएको बताए। उनले भने, 'नवीन उत्पादन, प्रभावकारी बिक्रीपछिको सेवा र डिलर सञ्जालसँगको घनिष्ठ सहकार्यमार्फत हामी नेपालमा आफ्नो उपस्थितिलाई अझ सुदृढ बनाउन प्रतिबद्ध छौँ। यस सहकार्यले ग्राहकलाई उत्कृष्ट मूल्य प्रदान गर्नुका साथै विश्वस्तरीय पावर टुल्स समाधानको प्रयोगलाई थप विस्तार गर्ने विश्वास लिएका छौँ।'

इन्फ्राटेक प्रालिका प्रबन्ध निर्देशक आकाश गोल्छाले सफलताको आधार सुदृढ साझेदारी, गुणस्तरप्रतिको प्रतिबद्धता र ग्राहक सन्तुष्टि भएको बताए। 'बोश र हाम्रो डिलर सञ्जालसँगको सहकार्यमा देशभरका व्यावसायिक प्रयोगकर्तालाई उत्कृष्ट समाधान उपलब्ध गराउन पाउँदा हामी गर्व महसुस गर्छौँ ।'

कार्यक्रममा बोश पावर टुल्स इन्डिया क्षेत्रकी मार्केटिङ प्रमुख ऋतु झाले बोशका नवीनतम उत्पादन तथा प्रविधिबारे विस्तृत प्रस्तुति दिएकी थिइन्। 

यस अवसरमा बोशका च्यानल साझेदारहरूको योगदानको सम्मानस्वरूप विशेष पुरस्कार वितरण कार्यक्रम पनि आयोजना गरिएको थियो। 
उत्कृष्ट व्यावसायिक प्रदर्शन, ब्रान्डप्रतिको प्रतिबद्धता तथा नेपालमा बोश पावर टुल्सको व्यवसाय विस्तारमा उल्लेखनीय योगदान पुर्याउने उत्कृष्ट १० ग्राहक तथा डिलरलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad