कारोबार


रसुवा भन्सार र अध्यागमनकाे राजश्व ११ अर्ब

रसुवा भन्सार र अध्यागमनकाे राजश्व ११ अर्ब

नेपालखबर
साउन १५, २०७६ बुधबार १४:४१,

सीमावर्ती क्षेत्रमा रहेका दुई सरकारी निकायबाट गत आर्थिक वर्षमा करीब रु एघार अर्ब राजश्व स‌ंकलन भएको छ।

कोष तथा लेखानियन्त्रक कार्यालय रसुवाले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा रसुवा भन्सार र अध्यागमन कार्यालय रसुवाले कूल रू १० अर्ब ७४ करोड एक लाख ४५५ राजश्व असूली गरेका हुन्।

उक्त राजश्वमध्ये रसुवागढी नाका हुँदै चीन जाने पर्यटकको प्रवेशाज्ञा शुल्कवापत रु ८६ लाख ५३ हजार र अन्य सबै भन्सार शुल्कबाट आम्दानी भएको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय रसुवाले राहदानी र अन्य विविध शुल्कबाट रु ४३ लाख ९८ हजार ३८४ राजश्व असूली गरेको सहायक प्रमुख जिल्ला अधिकारी सपना भट्टराईले बताए।

यसैगरी रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको एक हजार ७१० वर्गमिटर संरक्षित र ४२० वर्गमिटर मध्येवर्ती क्षेत्र ओगटेको लाङटाङ राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा वन पैदावार एवं पर्यटकबाट रु चार करोड २९ लाख ७८ हजार २५० राजश्व असूली गरेको छ।

पर्यटकलाई खाने बस्ने सुविधाका लागि कार्यालयको स्वीकृतिबाट पवित्र तीर्थ गोसाइँकुण्ड र लाङ्टाङ पदमार्गमा खोलिएका होटेल तथा लजको वार्षिक रोयल्टीसमेत धमाधम असूली भइरहेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ।

गत आर्थिक वर्षमा १७ हजार ६९१ जना पर्यटकले आफ्नो आधार इलाकामा भ्रमण गरेको प्रारम्भिक विवरण लाङ्टाङ राष्ट्रिय निकुञ्जले सार्वजनिक गरेको छ। धुम्नका लागि पर्यटकले रसुवा तथा सिन्धुपाल्चोकका पदमार्ग प्रयोग गर्ने र विभागमार्फत काठमाडाैंको भृकुटीमण्डप र रसुवाको काउन्टरको तथ्याङ्क भिडाएपछि पर्यटक आगमनको एकीन विवरण आउने निकुञ्ज कार्यालयले जनाएको छ।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad