कारोबार


कर्मचारी सञ्चयकोषको कर्जा माछापुच्छ्रे बैंकबाट तिर्न सकिने

कर्मचारी सञ्चयकोषको कर्जा माछापुच्छ्रे बैंकबाट तिर्न सकिने

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार १३:५४,

कर्मचारी सञ्चयकोषबाट लिइएको ऋणको सावाँ तथा ब्याज माछापुच्छ्रे बैंकको कुनै पनि शाखाको काउन्टरबाट सहजै भुक्तान गर्न सकिने भएको छ।

कर्मचारी सञ्चयकोषबाट जुनसुकै कर्जा वा सापटी लिएका ऋणीहरूलाई सावाँ र ब्याजसहितको किस्ता रकम भुक्तानी गर्ने सेवा प्रदान गर्नेे माछापुच्छ्रे बैंक पहिलो बैंक बनेको छ। यस व्यवस्थाले कर्मचारी सञ्चयकोषका ऋणीहरुलाई कर्जा भुक्तानी गर्न कर्मचारी सञ्चयकोष धाउन नपर्ने भएको छ।

यसअघि माछापुच्छ्रे बैंक लि. र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चयकोषका ऋणीहरुले लिएको ऋणको सावाँ तथा ब्याज कनेक्ट आईपीएस मार्फत भुक्तान गर्न सक्ने गरि सहमति भएको थियो र सो अनुरुप बैंक नपुगिकन विद्युतीय माध्यमबाटै किस्ता रकम सजिलै भुक्तानी गर्न सकिन्छ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पूर्वदेखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जालतथा १९८ वटा एटीएमहरु मार्फत बाट ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad