नेपालले हस्पिटालिटी क्षेत्रमा नेपाली श्रमिक लैजान इजरायललाई आग्रह गरेको छ।
इजरायका लागि नेपाली राजदूत डा. अन्जान शाक्यले सोमबार इजरायलका पर्यटन मन्त्री असाफ जमिरसँग भेटघाट गर्दै यस्तो प्रस्ताव गरेकी हुन्।
दूतावासमा भएको भेटघाटका क्रममा राजदूत शाक्यले इजरायलको हस्पिटालिटी क्षेत्रमा नेपाली विद्यार्थी र श्रमिकहरु ल्याउन मन्त्रीसमक्ष प्रस्ताव गरेका दूतावासले जनाएको छ।
नेपाल–इजरायलबीच सीधा हवाई सम्पर्कका लागि पहल गरिदिन समेत शाक्यले आग्रह गरेकी छन्। राजदूत शाक्यले नेपाल–इजरायलबीच पर्यटन क्षेत्रमा सहकार्य अभिवृद्धिका लागि समझदारीपत्रमा हस्ताक्षर गर्न उपयुक्त हुने बताएकी छन्।
मन्त्री जमिरले यस विषयमा आफूले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्।

प्रतिक्रिया