विश्वव्यापी अटोमोबाइल ब्रान्ड जीडब्लुएम (ग्रेट वाल मोटर) अन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक गरिएको छ।
सोमबार काठमाडौँस्थित द प्लाजामा आयोजित विशेष समारोहबीच गाडी सार्वजनिक गरिएको हो।
चीन र थाइल्यान्डपछि नेपाललाई ओरा ५ ईभीको अन्तर्राष्ट्रिय विस्तारका महत्वपूर्ण बजारमध्ये एकका रूपमा छनोट गरिएको कम्पनीले जनाएको छ।
डिजाइन्ड विथ इन्टेलिजेन्स, सेप्ड वाइ इलिगेन्स अवधारणामा आधारित यो गाडीमा आधुनिक प्रविधि, आकर्षक डिजाइन, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम सुविधाहरू समावेश गरिएको कम्पनीको भनाई छ।
अन्तर्राष्ट्रिय बजारमा सकारात्मक प्रतिक्रिया पाएको यो मोडलले नेपाली विद्युतीय सवारी बजारमा नयाँ आयाम थप्ने विश्वास कम्पनीको छ।
नेपालका लागि जीडब्लुएमको आधिकारिक आयातकर्ता भिजी इम्पेक्स प्रालिले नेपाली ग्राहकको आवश्यकता, सडक अवस्था तथा आधुनिक जीवनशैलीलाई ध्यानमा राख्दै ओरा ५ ईभी सार्वजनिक गरेको जनाएको छ। कम्पनीका अनुसार यो गाडीले सुरक्षित, स्मार्ट र दिगो मोबिलिटीको अनुभव प्रदान गर्नेछ।
ओरा ५ ईभी दुई भेरियन्टमा उपलब्ध छ। कम्पनीले सार्वजनिक गरेको विशेष प्रारम्भिक मूल्यअनुसार मिड भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ र टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ।















Shares

प्रतिक्रिया