राष्ट्र बैंकले यस वर्षको दसैंमा नयाँ नोट वितरण नगर्ने भएको छ।
कोरोना भाइरस संक्रमणको जोखिम उच्च भएकाले भिडभाड गरेर नयाँ नोट वितरण गर्ने अवस्था नरहेको राष्ट्र बैंकले जनाएको छ।
केही दिनमै सूचना जारी गरेर नयाँ नोट वितरण नगर्नेबारे जानकारी गराइँने राष्ट्र बैंक स्रोतले जनाएको छ। राष्ट्र बैंकले हरेक वर्ष दसैंको अवसरमा नयाँ नोट वितरण गर्दै आएको थियो।

प्रतिक्रिया