समाज


भारतमा बन्दुक देखाउँदै प्रेमीकै अगाडि प्रेमिकाको सामूहिक बलात्कार

भारतमा बन्दुक देखाउँदै प्रेमीकै अगाडि प्रेमिकाको सामूहिक बलात्कार

नेपालखबर
असोज २५, २०७७ आइतबार ०:३१,

भारतको झारखण्डमा बन्दुक देखाउँदै प्रेमीकै अगाडि प्रेमिकालाई ५ जनाले सामूहिक बलात्कार गरेका छन्।

झारखण्ड प्रहरीले शनिबार दिएको जानकारीअनुसार जमसेदपुर सहरमा १७ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी हुन्।

बीबीसी हिन्दीका अनुसार घटनामा संलग्न आरोपमा झारखण्ड प्रहरीले ५ जनालाई पक्राउ गरेको छ।

वरिष्ठ प्रहरी अधिक्षक तलिम वाननका अनुसार घटना गत मंगलबारको हो।

ती किशोरी आफ्ना ब्वाइफ्रेन्डसँग बागबेडा भन्ने स्थानमा जाँदै थिइन्। त्यस क्रममा अचानक ५ जना देखापरे र बन्दुक देखाउँदै उनीहरूलाई कालियाडिह गौशाला भन्ने ठाउँमा लगे र ब्वाइफ्रेन्डलाई बाँधे अनि किशोरीलाई पालैपालो बलात्कार गरे।

घटनापछि पक्राउ परेका ५ जनामध्ये एक जना नाबालिग भएकाले उनलाई सुधारगृह र अन्य ४ अभियुक्तलाई हिरासतमा पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले अभियुक्तकाे नाम सार्वजनिक गरिसकेकाे छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad