ad ad

कारोबार


चाडपर्वलाई लक्षित गरेर कुलेखानी विद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन गरिने

चाडपर्वलाई लक्षित गरेर कुलेखानी विद्युत् आयोजना पूर्ण क्षमतामा सञ्चालन गरिने

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ३:४४,

कुलेखानी जलविद्युत् आयोजनाबाट नियमित उत्पादन हुँदै आएको दैनिक एक सय ६ मेगावाट विद्युतलाई निरन्तरता दिइने भएको छ।

 चाडपर्वमा उपभोक्ताको बढ्दो मागलाई ध्यानमा राखेर एक सय ६ मेगावाट विद्युत् उत्पादनलाई निरन्तरता दिइने कुलेखानी जलविद्युत् आयोजनाले जनाएको छ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा सञ्चालित कुलेखानी प्रथमबाट ६०, दोस्रोबाट ३२ र तेस्रोबाट १४ गरी कुल १०६ मेगावाट विद्युत् नियमित उत्पादन हुँदै आएको छ।

नेपाल विद्युत प्राधिकरणको निर्देशनानुसार आयोजनाको नियमित विद्युत् उत्पादनलाई निरन्तरता दिइने कुलेखानी प्रथम आयोजनाका प्रमुख धीरेन्द्र चौधरीले जानकारी दिए।

चौधरीका अनुसार मौसम अनुसारको विद्युतमा खपत घटबढ भइरहने हुँदा उत्पादनमा कटौती हुने गरेको थियो। तर, अबदेखि भने पूर्ण क्षमताअनुसार विद्युत् उत्पादन हुने चौधरीले बताए।

इन्द्रसरोवर जलाशयमा असोज २२ गते अपराह्न ३ बजेसम्ममा १५२६.५६ सेन्टीमिटर पानीको सतह रहेको भए पनि करिब ७ किलोमिटर लामो जलाशयमा अझै पाँच मिटर उचाइको पानी भर्न बाँकी रहेको कुलेखानी जलविद्युत् नियन्त्रण कक्षका प्राविधिक रामकुमार चौधरीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .