कारोबार


अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो, युरोको घट्यो

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो, युरोको घट्यो

नेपालखबर
असार २३, २०८३ मंगलबार ५:२०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (मंगलबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। युरोसहित केही मुद्रा भने आज पनि सस्तिएका राष्ट्र बैंकले जनाएको छ। युरोको भाउ हिजो पनि घटेको थियो। 

आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा थियो। 

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। 

त्यसैगरी आज युरो १ को खरिददर १७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५३ पैसा छ। हिजो युरो १ को खरिददर १७३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५७ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ११ पैसा र बिक्रीदर २०३ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ०१ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८१ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९८ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ९४ पैसा थियो। 

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९५ रुपैयाँ २५ पैसा र बिक्रीदर ४९७ रुपैयाँ २० पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९३ रुपैयाँ ८० पैसा र बिक्रीदर ४९५ रुपैयाँ ७५ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ४०४ रुपैयाँ १० पैसा र बिक्रीदर ४०५ रुपैयाँ ६९ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनार १ को खरिददर ४०३ रुपैयाँ ३० पैसा र बिक्रीदर ४०४ रुपैयाँ ८९ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad