ad ad

समाज


काठमाडौंको चन्द्रागिरिमा मात्रै कोरोनाबाट साढे ५ सय जना संक्रमित, ५ बिरामीको मृत्यु

काठमाडौंको चन्द्रागिरिमा मात्रै कोरोनाबाट साढे ५ सय जना संक्रमित, ५ बिरामीको मृत्यु

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ४:१३,

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ५१ पुगेको छ।

काठमाडौँको उपत्यका प्रवेशद्वारको मुख्य नाकामा रहेको चन्द्रागिरिमा बिहीबार १३ सङ्क्रमित थपिएसँगै कूल सङ्क्रमितको सङ्ख्या ५५१ पुगेको हो।

चन्द्रागिरिको सबैभन्दा थोरै वडा नं २ मा आठ र सबैभन्दा धेरै वडा नं ८ मा १ सय ४ सङ्क्रमित भेटिएका छन्। यस्तै वडा नं १ मा १३, वडा नं २ मा आठ, वडा नं ३ मा ३६, वडा नं ४ मा २८, वडा नं ५ मा २९, वडा नं ६ मा १६, वडा नं ७ मा १५, वडा नं ८ मा १०४, वडा नं ९ मा १६, वडा नं १० मा ३०, वडा नं ११ मा ५९, वडा नं १२ मा ४६, वडा नं १३ मा ३५, वडा नं १४ मा ५१ र वडा नं १५ मा ५६ सङ्क्रमित छन्।

कोरोना सङ्क्रमितमध्ये ३४३ निको भएर घर फर्किसकेको, १६५ होम आइसोलेसन र ३८ जनाको उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।

कोरोना सङ्क्रमणका कारण चन्द्रागिरिमा हालसम्म पाँच जनाको मृत्यु भइसकेको छ। चन्द्रागिरीको वडा नं ३ मा एक, वडा नं ५ मा दुई, वडा नं ९ मा एक र वडा नं १४ मा एक जनाको मृत्यु कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।

चन्द्रागिरिले कोरोना सङ्क्रमित बिरामीको उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल बलम्बु र मनमोहन अस्पताल दहचोकमा बिरामी पठाउँदै आएको छ। कोरोना बिरामीको उपचारका लागि विशेष अस्पताल नबनाएको चन्द्रागिरिले विभिन्न सामुदायिक विद्यालयलाई क्वारेन्टिनको रूपमा प्रयोग गर्दै आएको छ।

चन्द्रागिरिले हालसम्म कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि २ करोड २७ लाख खर्च गरिसकेको नगरप्रमुख घनश्याम गिरीले जानकारी दिए।

नगरपालिकाभित्रका १० हजार व्यक्तिको पीसीआर परीक्षण गरिसकेको छ। चन्द्रागिरि नगरपालिका वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो। उक्त नगरपालिकामा १५ वडा छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .