कारोबार


डाँगीको नेतृत्वमा इप्पानको नयाँ कार्यसमिति चयन, कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्विरोध

डाँगीको नेतृत्वमा इप्पानको नयाँ कार्यसमिति चयन, कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्विरोध

इप्पानका नवनिर्वाचित अध्यक्ष मोहनकुमार डाँगी र वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन (फाइल फोटो)


नेपालखबर
जेठ ३०, २०८३ शनिबार ७:२, काठमाडौँ

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।

शुक्रबार मध्यरातमा सप्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ। डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बनेका हुन्।

वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन्।

उपाध्यक्षहरूमा क्रमशः उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित निर्वाचित भएका छन्।

महासचिवमा टेकनाथ आचार्य (टीएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित निर्वाचित भएका छन्।

सचिव पदमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन्।

त्यसैगरी कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा शङ्कर बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भएका छन्।

उनीसँग प्रतिस्पर्धा गरेका मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरे। 

खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad