ad ad

राजनीति


यस्तो छ ट्रम्पले उपचार गराइरहेको अस्पतालको ‘प्रेसिडेन्सियल सुइट’

यस्तो छ ट्रम्पले उपचार गराइरहेको अस्पतालको ‘प्रेसिडेन्सियल सुइट’

नेपालखबर
असोज १८, २०७७ आइतबार १३:५,

शुक्रबार आफूलाई कोरोना संक्रमण भएको घोषणा गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मेरिल्यान्डस्थित वाल्टर रिड नेसनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना भएका छन्।

ट्रम्प सो अस्पतालको ‘प्रेसिडेन्सियल सुइट’ मा उपचाररत छन्। ३९ वर्षमा सो अस्पतालमा भर्ना हुने पहिलो राष्ट्रपति बनेका छन् ट्रम्प।

यसअघि ३० मार्च १९८१ मा हत्या प्रयास भएपछि राष्ट्रपति रोनाल्ड रिगन सो अस्पताल भर्ना भएको छ।

वासिङ्टनमा सन् १९०९ मा वाल्टर रिड जेनरल हस्पिटलका रुपमा स्थापना भएको सो अस्पतालको १९५१ मा नाम परिवर्तन गरी वाल्टर रिड आर्मी मेडिकल सेन्टर बनाइएको थियो। सन् २०११ सो अस्पताल सारेर मेरिल्यान्डको बेथेस्डामा पुर्‍याइएको हो।

33924156-8800181-image-a-25_1601690897269.jpg

२४३ एकडमा बनेको सो अस्पतालललाई ७ हजार स्टाफले सञ्चालन गरिरहेका छन्। यो अमेरिकी सेनाको सबैभन्दा ठूलो अस्पताल हो। यसले सैनिक र तिनका परिवारका अलावा राष्ट्रपति, उपराष्ट्रपतिसहित उच्चपदस्थहरुको उपचार गर्ने गर्छ।

अहिले ट्रम्पको उपचार भइरहेको सुइट सामान्य वार्ड होइन। अस्पतालको प्रेसिडेन्सियल सुइटमा ६ कक्ष छन्। जसमा एउटा आईसीयू, एउटा बैठक कक्ष, भोजन कक्ष, शयन कक्ष, कार्यालय र कन्फ्रेस रुम समेत छन्।

33924148-8800181-image-a-26_1601690940787.jpg

सुइटमा ह्वाइट हाउसका चिफ अफ स्टाफका लागि समेत अफिस उपलब्ध छ। त्यस्तै राष्ट्रपतिका निजी चिकित्सकका लागि पनि बस्ने व्यवस्था गरिएको छ।

उनको निजी चिकित्सकले दिन नसक्ने उपचार सेवा आवश्यक परे बोलाइने विज्ञ डाक्टर र सर्जनहरुको सूची पहिले नै तयार हुन्छ। सो सुइटमा सोही अस्पताल प्रशासनको पनि पहुँच छैन।

Ejag3r9XsAAxSMw.jpg

ट्रम्पभन्दा अघि रिचर्ड निक्सन, रोनाल्ड रिगन र ड्वाइट आइजनहावरले पनि यो अस्पतालमा उपचार गराएका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .