कारोबार


हिमाल चढ्न आएको बहराइनका राजकुमारको टोली हेलिकप्टरमार्फत लुक्ला प्रस्थान

हिमाल चढ्न आएको बहराइनका राजकुमारको टोली हेलिकप्टरमार्फत लुक्ला प्रस्थान

नेपालखबर
असोज ८, २०७७ बिहिबार ६:३७,

लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजपरिवार सदस्यसहित १८ जनाको टोली हेलिकप्टरमार्फत लुक्ला प्रस्थान गरेको छ।

हिमाल आरोहणका लागि बुधबार विमानमार्फत लुक्ला जाने कार्यक्रम भए पनि मौसममा आएको खराबीका कारण जानसकेको थिएन।

कैलाश हेलिकोप्टरमार्फत मोहम्म हामिद मोहम्म अल खलिफासहितको टोली लुक्ला प्रस्थान गरेको हो। मनास्लु र लोबुचे हिमाल आरोहणका लागि भदौ ३१ गते नेपाल आएका थिए।

रोयल गार्ड बहराइनका १५ सहित ३ बेलायती नागरिक छन्। लोबुचे हिमाल आरोहणपछि उनीहरु मनास्लु हिमाल आरोहण गर्नेछन्।

लोबुचे हिमाल आरोहणका लागि दुई हप्ता र मनास्लु हिमाल आरोहणका लागि १ महिना समय लाग्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .