कारोबार


बजाज चेतकको थप दुई ईभी मोडल नेपाल आउँदै

बजाज चेतकको थप दुई ईभी मोडल नेपाल आउँदै

नेपालखबर
असार ३२, २०८३ बिहिबार १९:२९, काठमाडौँ

नेपाली बजारमा बजाज ईभी चेतका दुई नयाँ मोडल भित्रिने भएको छ।

नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले चेतक सी२५०१ र चेतक सी३५०३ ल्याउने भएको हो।

बजाज यी दुई नयाँ ईभी आगामी भदौमा आयोजना हुने नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक हुने कम्पनीले जनाएको छ।

चेतक सी२५०१ तुलनात्मक रूपमा सस्तो र किफायती संस्करण हुने अपेक्षा गरिएको छ। यसमा २.५ किलोवाट आवरको ब्याट्री रहेको छ। जसले फुल चार्जमा ११३ किलोमिटरको आईडिसी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ। यसको अधिकतम गति प्रतिघण्टा ६० किलोमिटर छ। चेतक सी२५०१ फुल चार्ज हुन ४ घण्टा लाग्छ।

अर्कोतर्फ, चेतक सी३५०३ लाई भने प्रिमियम मोडल रहेको छ। ३.५ किलोवाट आवको ब्याट्रीले १५३ किलोमिटरसम्मको आईडीसी रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। साथै, यसमा डिजिटल डिस्प्ले र थुप्रै स्मार्ट फिचरहरू समावेश छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad