प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता धनराज गुरुङले सरकारले पीसीआर परीक्षणमा विभेद गरेको आरोप लगाएका छन्।
सरकारले ठूला शासन÷प्रशासकलाई विवासमै पीसीआर परीक्षण उपलब्ध गराएको र सर्वसाधरण जनता भने रातभर लाइनमा बस्दा पनि परीक्षण गर्न नपाएको भन्दै उनले सरकारको आलोचना गरेका हुन्।
टेकु अस्पतालमा केही दिनदेखि पीसीआर परीक्षणका लागि सर्बसाधरण रातभर लाइनमा बसेको समाचार प्रकाशित भएपछि नेता गुरुङले सरकारको आलोचना गरेका हुन्।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै लोकतान्त्रिक व्यवस्थामा यस्तो विभेद किन भनि प्रश्न उठाएका छन्। उनले सरकार जनताको सेवक हो कि पीडक भनि प्रश्न गरेका छन्।
‘ठूला शासक/प्रशासकहरुलाई पीसीआर परीक्षण सहजै निवासमै उपलब्ध हुन्छ। तर, पीसीआर परीक्षणका लागि सर्वसाधरणले भने रातभरि लाइनमा बस्नु पर्ने अबस्था छ। प्रधानमन्त्री केपी शर्मा ओलीज्यू लोकतान्त्रिक राज्य व्यवस्थामा यो चरम बिभेद किन? सरकार जनताको सेवक हो कि पीडक?
ठला शासक/प्रशासकहरुलाई पिसिआर परिक्षण सहजै निबासमै उपलब्ध हुन्छ। तर पिसिआर परिक्षणका लागि सर्बसाधरणले भने रातभरि लाइनमा बस्नु पर्ने अबस्था छ। हेल्लो @PM_Nepal ज्यु! लोकतान्त्रिक राज्य ब्यबस्थामा यो चरम बिभेद किन? सरकार जनताको सेवक हो कि पिडक? pic.twitter.com/UfuFhpuV4i
— Dhan Raj Gurung (@dhanrgrg) September 24, 2020
प्रतिक्रिया