कारोबार


ओप्पोले एफ १७ प्रो असोज ११ गते सार्वजनिक गर्ने

ओप्पोले एफ १७ प्रो असोज ११ गते सार्वजनिक गर्ने

नेपालखबर
असोज ८, २०७७ बिहिबार ६:४६,

ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७प्रो असोज ११ गते सार्वजनिक गर्ने भएको छ।

ओप्पोले आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र यूट्यूब) मार्फत आयोजना गरिने अनलाइन मार्फत एफ१७प्रो सार्वजनिक गर्ने जनाएको छ।

लाइभलञ्च इभेन्टमा ओपोका ब्राण्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप बिक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राई लगायतको उपस्थिती रहने ओपोले जनाएको छ।

लामो समयदेखि कम्पनीले एफसिरिजमार्फत उपभोक्तालाई स्टेट(अफ(आर्ट प्रविधि पस्कँदै आइरहेको छ। यसले गर्दा एफसिरिजलाई उपभोक्ताहरुले सुरुवाती दिनदेखि नै औधि रुचाइरहेका छन्।

अग्रगामी सोचसहितका डिजाइनमार्फत ओप्पोले उपभोक्तालाई प्रविधिमार्फत निजीकृत, सुलभ र रमाइलो अनुभव प्रदान गर्नेतिर केन्द्रित रहँदै आइरहेको छ।

एफ१७सिरिज मार्फत यसलाई निरन्तरता दिँदै विशेषगरी ट्रेण्डसेटर्स यूवाहरुका लागि एफसिरिजको नयाँ समिकरण ओपो एफ१७प्रो ६ ओटा एआई पोट्रेट क्यामेरा, ३०वाट भोक फ्ल्याशचार्ज ४.०का साथमा अल्ट्रा स्लिक बडी, फेशनेवलमिनी डुअल पञ्चहोल डिस्प्ले र नवप्रबर्तनात्मकशाइनी म्याट कलर्स लगायत फिचर्सहरु पनि उपलब्ध गरिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .