कारोबार


भारतीय राजदूतसँग इप्पान नयाँ कार्यसमितिको भेट, के भयो कुराकानी?

भारतीय राजदूतसँग इप्पान नयाँ कार्यसमितिको भेट, के भयो कुराकानी?

नेपालखबर
साउन ५, २०८३ मंगलबार २१:४, काठमाडौँ

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नयाँ कार्यसमितिले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गरेको छ।

भेटका क्रममा इप्पानको प्रतिनिधिमण्डलले नेपाल र भारतबीच पछिल्लो समय बढ्दै गएको सीमापार विद्युत् व्यापारप्रति प्रशंसा व्यक्त गरेको छ।

दुई देशबीच भइरहेको विद्युत् व्यापारमा निजी क्षेत्रका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत‍्को समेत महत्त्वपूर्ण योगदान रहेको इप्पानले जनाएको छ।

भारतीय राजदूत श्रीवास्तवले नेपाल-भारतबीच जलविद्युत् क्षेत्रमा सहकार्यको ठूलो सम्भावना रहेको बताएका छन्। उनले सन् २०२४ मा भएको दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौतालाई आधार बनाउँदै दुई देशबीचको ऊर्जा सहकार्यलाई थप विस्तार गर्न सकिने बताएका हुन्।

उक्त सम्झौताअनुसार सन् २०३४ सम्म भारतले नेपालबाट १० हजार मेगावाटसम्म विद्युत् आयात गर्ने लक्ष्य राखिएको छ।

यसले नेपालका जलविद्युत् आयोजनामा लगानी विस्तार, विद्युत् उत्पादन वृद्धि र क्षेत्रीय विद्युत् व्यापारमा निजी क्षेत्रको भूमिका थप बलियो बनाउने अपेक्षा गरिएको छ।

इप्पानको तर्फबाट अध्यक्ष मोहनकुमार डाँगी, वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामा, उपाध्यक्ष हिमप्रसाद पाठक, महासचिव टीएन आचार्य, पूर्व उपाध्यक्ष आनन्द चौधरीलगायत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad