कारोबार


राधेराधेमा प्रोटोनको अत्याधुनिक शोरुम तथा सर्भिस सेन्टर (तस्बिरहरू)

राधेराधेमा प्रोटोनको अत्याधुनिक शोरुम तथा सर्भिस सेन्टर (तस्बिरहरू)

नेपालखबर
साउन ५, २०८३ मंगलबार २०:१२, काठमाडौँ

भक्तपुरको राधेराधेमा प्रोटोनको अत्याधुनिक शोरुम तथा सर्भिस सेन्टर सञ्चालनमा आएको छ।

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले मंगलबार थ्रीएस (सर्भिस, स्पेयर, बिक्री) सुविधा सहितको शोरुम तथा सर्भिस सेन्टर उद्घाटन गरेको हो।

कम्पनीले भक्तपुर तथा आसपासका ग्राहकलाई बिक्रीदेखि बिक्रीपछिको सेवा सहजरूपमा उपलब्ध गराउने उद्देश्यले नयाँ सुविधा विस्तार गरेको जनाएको छ।

भक्तपुरको यो नयाँ शोरुम तथा सर्भिस सेन्टर पूर्वाधार र सेवा गुणस्तरका हिसाबले नेपालकै उत्कृष्ट प्रोटोन शोरुम तथा सर्भिस सेन्टर रहेको कम्पनीको दाबी छ।

नेपालमा ग्राहक–केन्द्रित भई अग्रणी विद्युतीय सवारी (ईभी) ब्रान्डको रूपमा महत्त्वपूर्ण योगदान पुर्‍याउने लक्ष्यसहित शोरुम र सर्भिस सेन्टर विस्तार योजना सुरु गरिएको कम्पनीले जनाएको छ।

कम्पनीका प्रतिनिधिका अनुसार, प्रोटोन ब्रान्डप्रति ग्राहकहरूको बढ्दो विश्वासलाई ध्यानमा राख्दै देशभरका ग्राहकमाझ प्रोटोनको उत्पादन तथा सेवाको सहजै पहुँच पुर्‍याउन सेवा शाखा विस्तार अभियान अघि बढाइएको हो।

भक्तपुर शाखा सञ्चालनसँगै आगामी हप्तादेखि नै मोफसलका थप तीन सहरहरू वीरगञ्ज, जनकपुर र नेपालगञ्जमा आधिकारिकरूपमा नयाँ शोरुमहरू शुभारम्भ गरिने जगदम्बा मोटर्सले जनाएको छ।

यसअघि कम्पनीले नक्साल, थापाथली, विराटनगर, चितवन, पोखरा, बुटवल र धनगढी गरी ७ वटा स्थानहरूबाट सेल्स तथा सर्भिस सेवा प्रवाह गर्दै आएको थियो। अब ग्राहकहरूले हालै सञ्चालनमा आएको भक्तपुर शाखाका साथै देशभरका अन्य शाखाहरूबाट प्रोटोनका सवारी साधन खरिद तथा मर्मतसम्भार (सेल्स र सर्भिस) सम्बन्धी सम्पूर्ण सेवाहरू सहज रूपमा लिन सक्नेछन्।

कम्पनीले प्रतिस्पर्धी मूल्यसहित बहुप्रतिक्षित कम्प्याक्ट ईभी एसयूभी प्रोटोन इ.मास ५ आधिकारिकरूपमा सार्वजनिक गरेसँगै आफ्नो शोरुम र सर्भिस नेटवर्कलाई पनि तीव्र गतिमा विस्तार गरेको छ।

जगदम्बा मोटर्सले सन् २०१८ बाट नेपाली ग्राहकहरूमाझ प्रोटोन ब्रान्डका नयाँ सवारी साधन आधिकारिकरूपमा वितरण गर्दै आएको छ।

मलेसियाको अग्रणी राष्ट्रिय सवारी साधन ब्रान्ड प्रोटोनले सन् २०१७ देखि जिलीसँगको आफ्नो रणनीतिक साझेदारी मार्फत आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै आएको छ।

हाल प्रोटोन ई.मास ब्रान्ड मलेसियाको अग्रणी विद्युतीय सवारी साधन ब्रान्डको रूपमा उदाएको छ र यसले नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारहरूमा आफ्नो पकड मजबुत बनाउँदै लगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad