समाज


काठमाडौँबाट हेटौँडा जाँदै गरेको स्कार्पियो पहिरोमा पुरियो, एकको मृत्यु

काठमाडौँबाट हेटौँडा जाँदै गरेको स्कार्पियो पहिरोमा पुरियो, एकको मृत्यु

नेपालखबर
असोज ७, २०७७ बुधबार ६:४८,

काठमाडौँबाट हेटौँडा जाँदै गरेको एक स्कार्पियो जिप पहिरोमा पुरिँदा एक जनाको मृत्यु भएको छ।

बुधबार बिहान काठमाडौँबाट हेटौँडा जाँदै गरेको बा १७ प ४८७४ नं को स्कार्पियो भीमफेदी–कुलेखानी सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिकामा पहिरोमा पुरिँदा चालकको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता ईन्द्रबहादुर रानाले अविरल वर्षाका कारण गुडिरहेको अवस्थामा एक्कासि माथिबाट पहिरो खस्दा स्कार्पियो पुरिएकाे र चालकको मृत्यु भएकाे बताए। उनले मृतक चालकको सनाखत नभएको जानकारी दिए।

प्रवक्ता रानाका अनुसार सोही पहिराेमा परी अन्य दुई जना घाइते भएका छन्। घाइते हुनेको नाम खुलेको छैन।

उक्त पहिराेले काठमाडौँबाट हेटौँडातर्फ आउँदै गरेको बा ९७ प ४८५१ नं को मोरटरसाइकलमा आंशिक क्षति पुर्याउँदा मोटरसाइकलमा सवार दुई जना घाइते भएका इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ।

घाइतेलाई उपचारका लागि काठमाडौंँ पठाइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad