कारोबार


डा. सुनिल शर्माले यसरी तय गरे केमएसीको अध्यक्षसम्मको यात्रा

डा. सुनिल शर्माले यसरी तय गरे केमएसीको अध्यक्षसम्मको यात्रा

नेपालखबर
भदौ १७, २०७७ बुधबार १४:५०,

डा. सुनिल शर्मा काठमाडौं मेडिकल कलेज (केएमसी) काे अध्यक्ष भएपछि उनको चर्चा चुलिएको छ। लगानी सहित केएमसी भित्रिएर अध्यक्षमा चयन भइ मंगलबार उनले सपथ ग्रहण समेत गरे।
तर उनी कसरी केएमसी भित्रिए भन्ने सबैको चासो बनेको छ।

विराटनगर स्थित नोवेल मेडिकल कलेजको व्यवस्थापन गरेका डा. शर्माले पछिल्लो सयम केही कमजोर व्यवस्थापन बन्दै गएको केएमसी अस्पतालको सेयर प्रिमियम दरमा खरिद गरि आफ्नो यात्रा तय गरेका हुन्।

हाल उनले केएमसीको २५ प्रतिशत सेयर खरिद गरिसकेका छन् भने अरु सेयर पनि खरिद प्रक्रिया समेत थालनी गरेका छन्।

केएमसीका केही प्राध्यापक डाक्टरहरुको सेयर उनले खरिद गरेका हुन्। प्राडा चन्दा कार्की लगानीको हिसाबले उक्त अस्पतालबाट बाहिरिएकी छन्। उनको अधिकांश सेयर डा शर्माले खरिद गरेका छन्।

केएमसीको अंकित सेयर मूल्य १०० रुपैयाँ रहेकोमा थप ५०० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ६०० रुपैयाँकाले दरले शर्माले सेयर किनेका हुन्।

तारा हेल्थ केयर सेन्टर, डीबी कार्की, चन्दा कार्की, आरआर पाण्डे, शशिराज पाण्डे लगायतको सेयर खरिद गरेका छन्।

उनी ५१ प्रतिशत सेयर पुर्याउने उद्देश्यका साथ लागिरहँदा उनको पछाडी अन्य ब्यक्तिहरु समेत भएको स्रोतले जनाएको छ। उनको साथमा केही बैंकिङ क्षेत्रका मानिसहरु समेत रहेको बताइएको छ।

जसको कारणले हाल सेयर खरिदको लागि पनि डा शर्माले बैंक अफ काठमाण्डूको नेतृत्वमा सहवित्तीयकरणमा ऋण उठाएका छन्। त्यस्तै गरि नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, नेपाल बैंक लगायतका बैंकहरुसँग ऋण उठाउने तयारीमा छन्।

पछिल्लो समय कोरोनाको कारणले गर्दा अस्पतालको व्यवस्थापन गर्न गाह्रो परिरहेको समयमा अस्पतालले नयाँ लगानी खोजिरहेको थियो। सोही समयमा उनले सेयर खरिद गरेर नयाँ लगानी प्रवेश गराएका हुन्।

मंगलबार बसेकको सञ्चालक समितिको बैंठकले कलेजमा नयाँ लगानीकर्ता भित्रिएसँगै कलेजको शिक्षा र स्वास्थ्य दुवै क्षेत्रमा थप लगानी गर्ने निर्णय गरेको छ।

कलेजको शैक्षिक क्षेत्र गुणस्तरीय बनाउन आधुनिक पुस्तकालय, होस्टलहरु तयार गर्ने, स्वास्थ्य सेवा प्रभावकारी बनाउन विशिष्टिकृत सेवा सहित थप अत्याधुनिक उपकरणहरु भित्राउने निर्णय समेत गरेको छ।

प्राइभेट लिमिटेडका रुपमा स्थापना केएमी अहिले पब्लिक लिमिटेडका रुपमा रहेको छ। यसले एमसीएच र वीडीएस नर्सिङ, एमबीबीएस, पीजीका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad