कारोबार


अबको १२ वर्षमा अमेरिकालाई उछिनेर चीन विश्वकै ठूलो अर्थतन्त्र बन्छः चिनियाँ थिंक ट्यांक

अबको १२ वर्षमा अमेरिकालाई उछिनेर चीन विश्वकै ठूलो अर्थतन्त्र बन्छः चिनियाँ थिंक ट्यांक

नेपालखबर
भदौ १७, २०७७ बुधबार १४:५९,

अमेरिकाले उछिनेर सन् २०३२ मा चीन विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने प्रक्षेपण चिनियाँ विज्ञहरुले गरेका छन्।

चीन सरकारको डेभलपमेन्ट रिसर्च सेन्टर नामक थिंक ट्यांकका अध्येताहरुलाई अमेरिका र चीनबीच तीव्र आर्थिक, प्राविधिक, भूराजनीतिक र सैन्य प्रतिस्पर्धा चलिरहेका बेला यस्तो निष्कर्ष निकालेका हुन्।

चीनको आर्थिक वृद्धिलाई रोक्न नसकिने निष्कर्ष सो थिंक ट्यांकले निकालेको छ।

कोरोना भाइरस महामारीका कारण विश्वभरको अर्थव्यवस्था डामाडोल भइरहेका बेला चीनले भने निर्यातमाथिको निर्भरता घटाउन जोड दिइरहेको छ। अमेरिकासँगको व्यापार युद्धका कारण वैदेशिक व्यापारको वातावरण बिग्रिँदै गएपछि राष्ट्रपति सी चिनफिङले मे महिनायता ‘डुअल सर्कुलेसन’ रणनीतिलाई तीव्र गतिमा लागू गर्न निर्देशन दिएका छन्।

थिंक ट्यांकका अध्येताहरुले आगामी ५ वर्षमा चीन र अमेरिकाको प्रतिद्वन्द्विता थप चर्किने अनुमान गरेका छन्।

‘अमेरिकाले चीनको विकासलाई रोक्न सम्भव भएसम्म सबै उपाय अपनाउनेछ। तथापि त्यस्ता गतिविधिले चीनको आर्थिक उदयलाई रोक्न सक्ने छैन,’ रिपोर्टमा भनिएको छ।

विश्व अर्थतन्त्रमा चीनको हिस्सा सन् २०२५ मा १८.१ प्रतिशत पुग्ने रिपोर्टमा उल्लेख छ। २०१९ मा चीनको हिस्सा १६.२ प्रतिशत थियो।

अर्कोतर्फ २०१९ मा विश्व अर्थतन्त्रको २४.१ प्रतिशत हिस्सा ओगटेको अमेरिका भने २०२५ मा २१.९ मा खुम्चिने अनुमान गरिएको छ।

त्यस्तै, सन् २०१४ सम्ममा चीनको प्रतिव्यक्ति आय १४ हजार डलर नाघ्ने र चीन ‘मध्यम आयको जाल’ बाट उम्किने रिपोर्टमा बताइएको छ।

तर, चीनको आर्थिक महत्वाकांक्षामा बुढ्यौलीग्रस्त जनसंख्या बाधक बन्नसक्ने चेतावनी दिइएको छ। सन् २०२५ सम्ममा २० प्रतिशत जनसंख्या ६० वर्षमाथिको हुने र श्रमयोग्य जनसंख्या २ करोडले घट्ने बताइएको छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad