कारोबार


नागरिक लगानी कोषको हकप्रद सेयर निष्काशन सम्झौता

नागरिक लगानी कोषको हकप्रद सेयर निष्काशन सम्झौता

नेपालखबर
भदौ १, २०७७ सोमबार ९:७,

नागरिक लगानी कोषले १ कित्ता सेयरबराबर शून्य दशमलव आठ दुई आठ चारका दरले साबिकका सेयरधनीलाई हकप्रद सेयर जारी गर्ने भएको छ।

प्रतिसेयर सय रुपैयाँ दरले १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता हकप्रद सेयर अर्थात् १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्ध सेवाका लागि आरबीबी मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिएको छ।

हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धमा कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र आरबीबी मर्चेण्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad