नेपाल स्टक एक्सचेन्ज (नेप्से)को वेबसाइटमा समस्या देखिएको भन्दै सेयर लगानीकर्ता संघ नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
नेप्सेको अनलाइनमा बुधबार समस्या देखिएको थियो। सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्यालले नियमित समयभन्दा ४५ मिनेटपछि कारोबार सुरु हुनु र त्यसमा पनि नेपाल स्टक एक्सचेन्जको वेबसाइट र टीएमएसमा फरक इन्डेक्स देखिनु तथा कुनैमा बढेको र कुनैमा घटेको विरोधाभासपूर्ण सूची देखिनु हदैसम्मको लापरबाही भएको बताए।
अर्यालले विज्ञप्ति जारी गर्दै दैनिक कारोबार सञ्चालन गर्ने जिम्मेवारी पाएको नेप्सेबाट बारम्बार यस्ता समस्या आइरहनु दुःखद भएको उल्लेख गरेका छन्। यसको दीर्घकालीन समाधान गर्नुपर्ने उनको भनाइ छ।
संघले यस घटनाको धितोपत्र बोर्डले निष्पक्ष छानबिन गरी आगामी दिनमा यस्तो समस्या नआउने प्रत्याभूति गर्न माग गरेको छ।
Shares

प्रतिक्रिया