कारोबार


विदेशी मुद्राको मूल्य लगातार ओरालो, अमेरिकी र अस्ट्रेलियन डलर पनि सस्तिए

विदेशी मुद्राको मूल्य लगातार ओरालो, अमेरिकी र अस्ट्रेलियन डलर पनि सस्तिए

नेपालखबर
असार ३, २०८३ बुधबार ७:०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो पनि यी सबै मुद्राको भाउ घटेको थियो।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ र बिक्रीदर १५१ रुपैयाँ ६० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ २४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ८४ पैसा थियो। 

गएको जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो। 

त्यसैगरी आज युरो १ को खरिददर १७५ रुपैयाँ ३० पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा छ। हिजो युरो १ को खरिददर १७५ रुपैयाँ ५४ पैसा र बिक्रीदर १७६ रुपैयाँ २४ पैसा थियो। 

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०२ रुपैयाँ ६९ पैसा र बिक्रीदर २०३ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ०२ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८२ पैसा थियो। 

आज अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ८० पैसा र बिक्रीदर १०७ रुपैयाँ २३ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ३५ पैसा थियो। 

त्यसैगरी आज कुवेती दिनार १ को खरिददर ४९१ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४९३ रुपैयाँ ८९ पैसा छ। हिजो कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ६७ पैसा थियो। 

आज बहराइन दिनार १ को खरिददर ४०० रुपैयाँ ४८ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ०७ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४९२ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४९४ रुपैयाँ ६७ पैसा थियो। 

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकहरुले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad