कारोबार


आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो?

आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो?

नेपालखबर
साउन २२, २०७७ बिहिबार ६:३२,

कोभिड–१९ को महामारीका कारण अन्तरराष्ट्रिय बजारमा अस्थिर रहेको सुनचाँदीको मूल्य स्थानीय बजारमा बिहीबार अप्रत्यासित रुपमा बढेको छ।

बुधबार प्रतितोला रु एक लाख एक हजार ४०० मा कारोबार भएको पहेँलो धातुमा आज रु एक हजार १०० ले वृद्धि भएको छ। बजार खुल्नेबित्तिकै छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार ५०० कायम भएको छ भने सोही परिमाणको तेजाबी सुनको मूल्य रु एक लाख दुई हजार २०० निर्धारण गरिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य रु ५० ले बढेको छ। एक तोला सेतो धातुको मूल्य आज रु एक हजार ३४५ निर्धारण भएको छ।

कोभिड–१९ को संक्रमण रोक्न बन्दाबन्दी लागू गरिएयता जेठ २५ गते एक तोला सुनको मूल्य रु १० हजार ४०० ले बढेर रु ८७ हजार पुगेको थियो। त्यसयता सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad