संयुक्त राज्य अमेरिकाले कोरोना भाइरसविरुद्धको खोप निर्माण गरिरहेको मोडर्ना कम्पनीलाई थप ४७ करोड २० लाख अमेरिकी डलर सहयोग दिएको छ ।
अमेरिकी सरकारको बायोमेडिकल एडभान्स्ड रिसर्च एण्ड डेभलपमेन्ट अथोरिटी (बार्डा)ले कम्पनीको कोरोनाविरुद्धको खोप विकास कार्यक्रमलाई सघाउ पु¥याउन उक्त रकम दिएको मोडर्नाले जनाएको छ ।
पछिल्लो सहयोग अन्तिम मानवीय परीक्षण तहको क्लिनिकल विकासमा सहयोग पुग्ने कम्पनीले जनाएको छ । यसअघि नै मोडर्नाले भ्याक्सिन निर्माण गर्नको लागि अमेरिकाबाट ४८ करोड अमेरिकी डलर पाइसकेको छ ।
कम्पनीले कोरोनाविरुद्धको खोपको विकास गरिररहेको छ । सन् २०१९ को सुरुतिर चीनको वुहान सहरमा देखिएको कोरोनाभाइरस महिना दिन नबित्दै फैलिएको थियो ।
सो क्रममा विश्वका सयौँ देश पीडित भइसकेका छन् भने संक्रमितको संख्या करोड नाघिसकेको छ । अमेरिकामा मात्रै कोरोनाबाट मर्ने संख्या झण्डै डेढ लाख पुग्न लागिसकेको छ ।
यो पनि
कोरोनाविरुद्धको पहिलो खोपमा अमेरिकालाई ठूलो सफलता, मानवमा गरिएको परीक्षण सकारात्मक
सफल भयो कोरोनाविरुद्धको परीक्षण खोप, सोचेभन्दा राम्रो काम गरेको दाबी
कोरोना भाइरस रोक्न पहिलोपटक दिइयो खोप

प्रतिक्रिया