अन्तिम खेलमा एभर्टनलाई ३-१ ले पराजित गरेपनि बोर्नमाउथ इङ्लिस प्रिमियर लिगको रेलिगेसनमा परेको छ।
पाँच वर्ष शीर्ष डिभिजनमा रहेको बोर्नमाउथ एस्टनभिल्लासँग एक अंकले पछि पर्दै रेलिगेसनमा पर्यो।
जोसुवा किङले १३औं मिनेटमा बोर्नमाउथलाई पेनाल्टीमार्फत अग्रता दिलाएका थिए।
४१औं मिनेटमा मुसे केनले एभर्टनबाट बराबरी गोल फर्काए। पहिलो हापको इन्जुरी समयमा डोमिनिक सोलेन्के र ८०औं मिनेटमा जुनियर स्टानिस्लाले थप दुइ गोल गर्दै बेर्नामाउथलाई ३-१ को स्वात्वना जित दिलाए।
पराजित एभर्टनले १२औं स्थानमा रही लिगको अन्त्य गर्यो।

प्रतिक्रिया