नर्वीच सिटीमाथि ५-० को सानदार जित निकाल्दै म्यानचेस्टर सिटीले यस सिजनको इङ्लिस प्रिमियर लिगको अन्त्य गरेको छ।
आइतबार राति भएको लिगको अन्तिम खेलमा जित हासिल गरेसँगै लिगको दोस्रो स्थानमा रहदै सिटीले लिगको अन्त्य गरेको हो।
सिटीको जितमा केभिन डि ब्रुउनीले दुई तथा ग्याब्रिअल जेसस, रहिम स्ट्रर्लिङ र रियाद मेहराजले १-१ गोल गरे।
पराजित नर्वीच भने पुछारमा रहँदै रेलिगेसनमा परेको छ।
प्रतिक्रिया