समाज


कोरोना भाइरस रोक्न पहिलोपटक दिइयो खोप

कोरोना भाइरस रोक्न पहिलोपटक दिइयो खोप

नेपालखबर
चैत ४, २०७६ मंगलबार ३:५५,

विश्वभर महामारीका रूपमा फैलिरहेको कोरोना भाइरसबाट मानिसलाई बचाउन पहिलाेपटक विकास गरिएकाे परीक्षण खाेप लगाउन सुरु गरिएकाे छ।

अमेरिकास्थित बायोटेक्नोलोजी कम्पनी मोडेर्ना थेराप्युटिक्स र नेसनल इन्स्टिच्युट अफ हेल्थले संयुक्त रूपमा उत्पादन गरेको खोपको सोमबार परीक्षण (क्लिनिकल ट्रायल) सुरु गरिएको अमेरिकी स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

समाचार एजेन्सी एसोसिएटेड प्रेसका अनुसार अमेरिकाको वासिङ्टनअन्तर्गत सिएटल सहरस्थित काइजर परमानेन्ट अनुसन्धान केन्द्रमा ४ जनालाई परीक्षण खोप लगाइएको हो।

जसअन्तर्गत सबभन्दा पहिले २ सन्तानकी आमा ४३ वर्षीया जेनिफर हालेरलाई खाेप दिइएकाे समाचार संस्था एपीले जनाएको छ।

खोप लगाएपछि उनले भनेकी छन्, ‘यो मेरा लागि केही गर्न उत्साहजनक अवसर हो।’

एमआरएनए-१२७३ नाम दिइएको यो खोपले भाइरसको संक्रमणबाट जोगाउने वा रोगविरुद्ध लड्ने क्षमता बढाउने अनुसन्धानकर्ताले दाबी गरेका छन्।

दादुराजस्ता रोगको खोप तिनकै कमजोर वा मृत्त भइरसबाट बनाउने गरिन्थ्यो। तर एमआरएनए खोप भने कोभिड-१९ गराउने भाइरसबाट नभएर उक्त भाइरसको जेनेटिक कोड कपी गरेर वैज्ञानिकहरुले बताएका छन्। 

तर खोपले काम गर्छ कि गर्दैन भनेर थाहा पाउन अझै केही महिना लाग्ने अनुसन्धानकर्ताले बताएका छन्।

यसमा स्वयमसेवकहरुलाई प्रयोगात्मक खोपका विभिन्न डोज दिइएको छ। उनीहरुलाई २८ दिनको फरकमा दुई/दुई पटक खोप दिइनेछ।

सुरुवाती परीक्षण सफल भए पनि याे खोप साधारण व्यक्तिलाई दिने गरी तयार पार्न १८ महिनासम्म लाग्ने बताइएको छ।

परीक्षण खोप लगाउन स्वस्फूर्त रूपमा ४५ जना तयार भएको अमेरिकाका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन्।

समाचार संस्था एपीका अनुसार अमेरिकाको नेसनल इन्स्टिच्युट अफ हेल्थले कोरोना भाइरसविरुद्ध खोप परीक्षणको व्यवस्था मिलाएको हो।

यसले मानिसको शरीरामा प्रतिरोध क्षमता बढाएर कोरोनाभाइरससँग लड्न मद्दत गर्ने आशा गरिएको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad