एलजी इलेक्ट्रोनिक्स सिंगापुर प्रालिले अधिकृत बिक्रेता सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा रुपन्देहीको बुटवलमा पनि घरायसी उपकरण सार्वजनिक गरेको छ।
कम्पनीले एलजी एसेन्सियल सिरिजअन्तर्गतका घरायसी उपकरणहरु बुटवलमा बिक्रीवितरण गर्ने भएको हो।
यसअनुसार एलजीका डबल डोर रेफ्रिजेरेटर, पूर्ण स्वचालित टपलोड वासिङ मेसिन तथा रुम एयरकन्डिसनर ग्राहकले खरिद गर्न सक्नेछन्।
कम्पनीका अनुसार यी उपकरणको खरिदबिक्री सुरु भइसकेको छ भने प्रारम्भिक मोडलहरुको मूल्य ४९ हजार ६ सय ९० रुपैयाँबाट सुरु हुनेछ।
ग्राहकले यी सामान एलजी ब्रान्ड शप, मल्टिब्रान्ड रिटेल आउटलेट र इकमर्स प्लेटफर्मबाट पनि खरिद गर्न सक्नेछन्।

12
Shares

प्रतिक्रिया