विदेशमा अलपत्र परेका नेपालीहरुको चार्टर्ड उडानमार्फत भइरहेकाे उद्धार कार्य यही जेठ २८ गतेदेखि बन्द हुने भएको छ।
विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई उद्धार उडानमार्फत जेठ ३२ गतेदेखि थालिएको स्वदेश फर्काउने अभियान असार २८ पछि स्थगन हुन लागेको हो।
नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले १२ जुलाई पछि केही समय उद्दार रोकिने जानकारी दिइन्।
विदेशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पहिलो चरणमा जेठ २८ देखि उद्धार उडानलाई अनुमति दिएको थियो। नेपाल वायुसेवा निगम र हिमालय एयरलायन्सलाई उद्धार उडानका लागि अनुमति दिएको छ भने विदेशी वायुसेवातर्फ कतार एयरवेज, टर्किस एयरलायन्स, फ्लाई दुबई, जजिरा एयरवेज लगायतलाई नेपाली नागरिकको उद्धार गर्न अनुमति दिएको छ। एकतर्फी मात्रै यात्रु रहने यी चार्टर उडानमा सरकारले भाडाको सीमा तोकेको छ ।
बुधबारसम्म भएका १ सय ४३ वटा उद्धार उडानबाट २२ हजार ३ सय ६९ नेपाली काठमाडौं आइपुगेका छन्। जसमा कुवेतबाट ४७ सय, यूएईबाट ४१ सय, साउदी अरेबियाबाट ३२ सय, कतारबाट २७ सय, मेलेसियाबाट २४ सय, बहराइनबाट ५ सय गरी २२ वटा मुलुकबाट नेपाली ल्याइएको थियो।

प्रतिक्रिया