उत्तर प्रदेशको कानपुरमा आठ प्रहरीको हत्याका प्रमुख आरोपित विकास दुबे अन्ततः मध्य प्रदेशको उज्जैनमा पक्राउ परेका छन्। घटनाको सात दिनपछि उनी पक्राउ परेका हुन्।
याे पनि: डीएसपीसहित ८ प्रहरी मार्ने भारत कानपुरका गुन्डा विकास दुबे पक्राउ
उज्जैनको आधिकारिक सूत्रबाट प्राप्त जानकारीअनुसार विकास दुबे बिहीबार बिहानै महाकालेश्वर मन्दिरमा गएर २५० रुपैयाँको भीआईपी टिकट काटेका थिए।
टिकटमा विकास दुबेको नाम लेखिएको थियो। उनको साथमा एउटा ब्याग थियो। उनी मन्दिर सामुन्नेको प्रसाद बिक्री गर्ने पसलमा गए। विकास आफ्नो ब्याग कहीं राख्न चाहन्थे। विकासले एक जनालाई ब्याग राख्ने ठाउँमा पनि सोधे।
त्यसपछि दर्शनका लागि मन्दिरको भित्र गए। यस क्रममा त्यहाँका सुरक्षा गार्डलाई उनीप्रति शंका लाग्यो र प्रहरीलाई सूचना दिए।
जब विकास दुबे मन्दिरबाट बाहिर निस्किए तब उनलाई प्रहरीले पक्राउ गरे। दुबेको साथमा दुई साथी पनि थिए– बिट्टु र सुरेश, उनीहरूलाई पनि प्रहरीले नियन्त्रणमा लियो। तर उनीहरूका विषयमा धेरै कुरा खुलाइएको छैन।
एक प्रहरी अधिकारीको दाबीअनुसार उज्जैनमा आएर महाकाल मन्दिरमा जानुको कारण दुबे प्रहरीसँग हुन सक्ने मुठभेडबाट बच्न चाहन्थे। त्यही बेला थाहा भयो कि उनी मन्दिर परिसरमा बिहानैदेखि धेरैबेर घुमिरहे।

प्रहरीले उनलाई जब गिरफ्तार गरे, तब उनी कराए- ‘म विकास दुबे हुँ कानपुरवाला।’
विकासलाई महाकाल प्रहरी थाना लगियो। त्यस क्रममा उनले मिडियासँग कुरा गर्ने कोसिस गरे। त्यहाँ पनि उनी म विकास दुबे हुँ कानपुरवाला भनेर चिच्याए। प्रहरीले उनलाई चुप लगाए।
प्रहरी कार्यालयमा लगेपछि प्रहरीले दुबेलाई निकै केरकार गरे। कारण प्रहरी उनी विकास दुबे नै हुन् कि होइनन् भनेर विश्वस्त हुन चाहन्थ्यो।
जुन व्यक्तिको खोजीमा विभिन्न प्रदेशका प्रहरी एक हप्तादेखि लागिरहेका थिए। यति सजिलै दुबेले कसरी पक्राउ गर्न दिए, त्यसमा प्रहरीलाई नै शंका लागिरहेको थियो, यसकारण प्रहरीले उनलाई निकै केरकार गरिरहेका थिए।
यसपछि मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले जानकारी गराए कि विकास दुबे पक्राउ परे। तर उनले कस्तो अवस्थामा पक्राउ गरियो र प्रहरीले कसरी सूचना पायो भन्नेबारे स्पष्ट पारेनन्।
मिश्राले भोपालमा भने, ‘अहिले उनी प्रहरीको नियन्त्रणमा छन्, कसरी पक्राउ परे भन्ने विषयमा अहिले भन्नु ठीक हुँदैन। उसले पहिले नै क्रूरताको हद नाघिसकेको थियो। जहाँसम्म बुद्धिमत्ताको कुरा छ, अहिले त्यसबोर केही बोल्नु उचित हुँदैन। प्रदेशका प्रहरी घटनादेखि नै सतर्क भएका थिए।
मुख्यमन्त्री शिवराज सिंह चौहानले पनि त्यसपछि ट्विट गर्दै विकास दुबे पक्राउ परेको जानकारी दिए।
प्रहरी सूत्रका अनुसार यो पनि जानकारी प्राप्त भएको थियो कि विकास दुबेलाई उज्जैन प्रहरीले कुनै अज्ञात स्थलमा लिएर गएको छ। उनलाई उत्तर प्रदेश प्रहरीको जिम्मा लगाइने कुरा पनि छ।
विकास दुबेविरुद्ध यही जुलाई २ तारिख कानपुरको बिकरु गाउँमा आफूलाई पक्राउ गर्न आएको प्रहरी टोलीमाथि अन्धाधुन्ध गोली हानेर ८ प्रहरीको हत्या गरेकाे आराेप छ। यसपछि दुबेबारे सूचना दिनेलाई दिने पुरस्कार राशि बढाउँदै ५ लाख पुर्याइएकाे थियो।
तर उनको गिरफ्तारीपछि मध्य प्रदेशमा राजनीति पनि तातिएकाे छ। प्रदेश सरकारले दुबे पक्राउलाई आफ्नो सफलता दाबी गरिरहेको छ। तर कांग्रेसले भने सरकारको आलोचना गर्दै यसलाई असफलताको संज्ञा दिएको छ।
मुख्यमन्त्री शिवराज सिंह चौहानले भनेका छन्, ‘जसलाई महाकालको शरणमा गएपछि पाप पखालिन्छ भन्ने लाग्छ, उसले त्यहाँ जानु हुँदैन। हाम्रो सरकारले कुनै अपराधीलाई छाड्दैन।’
यस्तै प्रदेश भाजपाले ट्विट गरेको छ, ‘विकास दुबे उज्जैनबाट पक्राउ। सायद उसलाई कसैले भनेन कि मध्य प्रदेशमा शिवराज सिंह चौहानको सरकार छ आदित्यनाथको होइन, जसले मध्य प्रदेशमा प्रवेश गर्ने दुस्साहस गर्याे। यूपी प्रहरीका ८ सहिदलाई नमन, तपाईंहरूको अपराधी हाम्रो नियन्त्रणमा छ।’
विकास दुबे उज्जैन से गिरफ्तार, उसे शायद किसी ने बताया नहीं कि मध्यप्रदेश में अब @chouhanshivraj सरकार है, @OfficeOfKNath नहीं, जो मध्यप्रदेश में घुसने का दुस्साहस कर बैठा। @UPPolice के सभी 8 शहीदों को नमन, आपका अपराधी हमारी गिरफ्त में है...@myogiadityanath pic.twitter.com/FyXaKJKZkX
— BJP MadhyaPradesh (@BJP4MP) July 9, 2020
उता कांग्रेसको टिप्पणी छ, ‘मध्य प्रदेश अपराधीको शरणस्थ लबनेको छ, विकास दुबे पनि उज्जैनमा लुकेर बसेका थिए।’
पूर्वमुख्यमन्त्री दिग्विजय सिंहले ट्विट गरेका छन्, ‘यो त उत्तर प्रदेशको कारबाहीबाट बच्न गरिएको प्रायोजित षड्यन्त्रजस्तो लागिरहेको छ। मलाई प्राप्त सूचनाअनुसार मध्य प्रदेश भाजपाका एक वरिष्ठ नेताको सहयोगमा यो सबै सम्भव भएको हो, जय महाकाल!’
Gangster Vikas Dubey, wanted in killing of 8 policemen, arrested https://t.co/oi0yU1GDFo
— digvijaya singh (@digvijaya_28) July 9, 2020
-via @inshorts
यह तो उत्तरप्रदेश पुलिस के एनकाउंटर से बचने के लिए प्रायोजित सरेण्डर लग रहा है। मेरी सूचना है कि मध्यप्रदेश भाजपा के एक वरिष्ठ नेता के सौजन्य से यह संभव हुआ है।
जय महाकाल।
बीबीसी हिन्दीबाट

प्रतिक्रिया