कारोबार


सेयरबजारमा ९० करोडको कारोबार, कुन कम्पनीका लगानीकर्ताले धेरै कमाए?

सेयरबजारमा ९० करोडको कारोबार, कुन कम्पनीका लगानीकर्ताले धेरै कमाए?

नेपालखबर
असार २५, २०७७ बिहिबार १०:२२,

साताको कारोबार हुने अन्तिम दिन आज सेयरबजारमा ९० करोड ८० लाख ८६ हजारको सेयर कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से ४.५७ अंकले बढेको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक पनि आज शून्य दशमलव ४७ अंकले बढेको छ।

बजारमा कुल १ सय ७८ कम्पनीका २२ लाख २६ हजार कित्ता सेयर बिक्री भएका छन्। दिनभरिमा आज १४ हजार ६ सय ६३ पटक सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ। कुल १२ समूहमध्ये वाणिज्य बैंक र व्यापार समूहबाहेक बाँकी समूहको कारोबार सूचक हरियो रहेका छन्। बीमा समूहको केही उच्च रहँदा अन्यको कारोबार सूचक सामान्य बढेको छ।

आज नेपाल रिइन्स्योरेन्स कम्पनीको १५ करोडको सेयर कारोबार भएको छ। यो नै आजको सबैभन्दा ठूलो परिमाणको कारोबार हो। त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ९ करोड ४८ लाखको, छिमेक लघुवित्त विकास बैंकको ६ करोड ४१ लाखको, एनआईसी एसिया बैंकको ३ करोड ४८ लाखको, एनएमबी बैंकको २ करोड ७७ लाखको हिमालयन डिस्टिलरीको २ करोड ४२ लाखको र नबिल बैंकको २ करोड २२ लाखको सेयर कारोबार भएको छ। बाँकी कम्पनीको २ करोडभन्दा कमको सेयर कारोबार भएको छ।

आजको कारोबारमा सूर्योदय लघुवित्त वित्तीय संस्थाका सेयरधनीले सबैभन्दा धेरै कमाएका छन्। कम्पनीको सेयर प्रतिकित्ता ८० रुपैयाँले बढेको छ। त्यस्तै, एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको पनि ३३ रुपैयाँ प्रतिकित्ता सेयर मूल्य बढेको छ। त्यस्तै वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाको प्रतिकित्ता ८५ रुपैयाँले सेयर बढेको छ। गुमाउने कम्पनीहरुले भने आज धेरैमा ३.८५ प्रतिशतसम्म गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad