समाज


कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा थप एकको मृत्यु

कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा थप एकको मृत्यु

नेपालखबर
असार ९, २०७७ मंगलबार ८:५८,

कोरोना संक्रमणबाट कर्णाली प्रदेशमा थप १ जनाको मृत्यु भएको छ।

कर्णाली प्रदेश अस्पतालको आइसोलेसनमा उपचाररत दैलेखको दुल्लु नगरपालिका–३ का ३५ वर्षीय पुरुषको सोमबार राति मृत्यु भएको कर्णाली प्रदेशको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।

मंगलबार महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले कर्णाली प्रदेशमा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको पुष्टि गरे।

उनी क्षयरोगका बिरामी रहेको र उपचारकै क्रममा सोमबार राति साढे ९ बजे मृत्यु भएको प्रमुख तिवारीले जानकारी दिए।

ती व्यक्तिमा यही असार ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। योसँगै कर्णाली प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ।

यस्तै कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप २५ जनामा कोरोना पुष्टि भएको महाशाखा प्रमुख तिवारीले जानकारी दिए।

पछिल्लोपटक देखिएका संक्रमितमध्ये दैलेखका १९, सुर्खेतका ५ र कालीकोटका १ जना रहेका छन्।

योसँगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १३ सय ७ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन्। योसँगै प्रदेशमा उपचारपछि निको हुनेको संख्या ५६० पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad