नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)ले इटालीको बैंक इन्टेन्सा सन्पाओला एसपीएबाट बैंक जमानतबापतको ८५ करोड रुपैयाँ र युरो ८७ लाख ५० युरो गरी कुल २ अर्ब रुपैयाँ भुक्तानी प्राप्त गरेको छ।
यो रकम इटालीको अदालत ट्रिबुनल डे बोलोनाका तीन न्यायाधीशहरूको इजलासको यही २०२० जुन ९ तारिखमा यसअघि प्रारम्भिक सुनुवाइमा सोही अदालतको एकल न्यायाधीशको इजलासबाट इन्टेसा सन्पाओला एसपीएलाई भुक्तानीमा रोक लगाउने गरी भएको आदेशलाई बदर गर्ने गरी भएको अन्तिम आदेशबाट प्राप्त भएको हो।
यो अध्याय नेपाली र अन्तर्राष्ट्रिय बैंकिङ्ग अभ्यासका लागि सकारात्मक विकासक्रम हो, जसले बैंक जमानतजस्ता बैंकिङ्गउपकरणहरूमा विश्वास सुढृढ पार्दछ, जसबाट यस प्रकारको ठूलो कोषलाई समेत फिर्ता ल्याउन सकिन्छ भन्ने प्रमाणित गरेको बैंकको भनाइ छ।
अन्तर्राष्ट्रिय अदालतमा सुनवाईको क्रममापहिलो चरणमा जारी गरिएको अन्तरिम आदेशमाथि चुनौती दिइएपछि बैंक जमानतबापतको रकम सफलतापूर्वक प्राप्त गर्न सकिएको हालसम्मको नेपाली बैंकिङ्ग इतिहासमा यो पहिलो उदाहरण हो ।

प्रतिक्रिया