राजनीति


भ्याट उठाउन नदिएर अदालतले सरकारको हातखुट्टा बाँध्योः सांसद अधिकारी

भ्याट उठाउन नदिएर अदालतले सरकारको हातखुट्टा बाँध्योः सांसद अधिकारी

नेपालखबर
असार ४, २०७७ बिहिबार १०:१,

प्रतिनिधिसभा सांसद खगराज अधिकारीले सर्वोच्च अदालतले सरकारको हातखुट्टा बाँध्ने काम गरेको आरोप लगाएका छन्।

बिहीबार प्रतिनिधिसभामा धारणा राख्दै सांसद अधिकारीले राजश्व उठाउन नदिएर अदालतले सरकारलाई बाँधेको बताएका हुन्। उनले सरकारका हातखुट्टा बाँधेर चौतर्फी हमला भइरहेको आरोप लगाए।

सर्वोच्च अदालतले चालु आर्थिक वर्षको साउनबाट कर उठान नपाउने भनेको र राष्ट्रपति कार्यालयको गलैँचा फेरेको विषयमा आलोचना गरी सरकारलाई चौतर्फी हमला गरिएको उनको भनाई थियो।
उनले सरकारविरुद्धका आलोचनाले कोभिड—१९ विरुद्धको लडाईंलाई भन्दा व्यवस्था विरुद्धको लडाईंलाई हौसला दिने दाबी गरे।

‘सरकारलाई चौतर्फी घेराबन्दी गरिएको छ। अदालतले साउनदेखि नै भ्याट उठाउन नपाउने बनाएको छ। लकडाउन धेरै पछि सुरु भएको हो, तर चालु आर्थिक वर्षको साउनबाट नै भ्याट उठाउन नपाउने बनाएको छ । सरकारका हातखुट्टा बाँध्ने र राष्ट्रपति कार्यालयमा १ करोड भन्दा बढीको गलैँचा फेरियो भनेर आलोचना गर्ने यस्ता कामहरुले सरकारलाई चौतर्फी हमला गरेको छ’ उनले भने।

सरकारमाथि भइरहेका हमलाहरुको सामना गर्दै आइसोलेसन र क्वारेन्टिन बढाएर पीसीआर परीक्षणको दायरा तिव्र गतिमा बढाउनुपर्ने उनले सुझाव पनि दिए। स्थानीय विकास पूर्वाधार साझेदारी कार्यक्रम र रणनीतिक सडकहरुलाई कोरोना विरुद्ध लड्दै निरन्तरता दिनुपर्ने उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad