बोल्टनले आफ्नो पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’मा ट्रम्पलाई दुई वर्ष अगाडि बेलायत परमाणु हतियार सम्पन्न राष्ट्र हो भन्ने थाहा नभएको लेखेको बीबीसीले जनाएको छ।
उक्त पुस्तकमा अमेरिकी राष्ट्रपतिको निर्वाचन जित्न ट्रम्पले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग व्यक्तिगत रूपमै सहयोग मागेको कुरा पनि उल्लेख गरिएको छ।
आफूसँग सम्बन्धित कुराहरु पुस्तकमा लेखिएपछि ट्रम्प यतिबेला निकै रुष्ट बनेका छन्। उनले पुस्तकमा झुठा र काल्पनिक कुराहरु लेखिएको आरोप लगाएका छन्।
आगामी हप्ता यस पुस्तकलाई अमेरिकी बजारमा विक्रि गर्न लागिएको छ। तर ट्रम्प प्रशासनले यस पुस्तकलाई प्रतिबन्ध गर्न खोजिरहेको छ।
अमेरिकाले सहयोगी राष्ट्र बेलायतलाई परमाणु हतियार प्रणाली प्रदान नगरेपछि सन् १९५० मै बेलायतले परमाणु हतियारको निर्माण गरेको थियो। एजेन्सी

ट्रम्प र बोल्टन

प्रतिक्रिया