ad ad

कारोबार


विद्युतीय गाडीको कर घटाउने छलफल गर्न सकिन्छः अर्थमन्त्री खतिवडा

विद्युतीय गाडीको कर घटाउने छलफल गर्न सकिन्छः अर्थमन्त्री खतिवडा

नेपालखबर
जेठ २७, २०७७ मंगलबार ७:१९,

सरकारले विद्युतीय गाडीमा बढाएको करबारे छलफल गरेर घटाउन पनि सकिने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन्।

विद्युतीय गाडीमा कर बढाएको विषयमा संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले ‘कम हुन पर्छ भनेर यो भन्दा अघिको १० प्रतिशत नै हुनुपर्छ वा सार्क मुलुकको हाराहारीमा हुन पर्छ’ भनेर छलफल गर्ने विषय बाँकि रहेको बताए।

‘केहि देशले बढि कर लिएको पनि देखिएको छ केहिले कम लिएको पनि देखिएको छ,’ उनले मंगलबार संसदमा भने, ‘त्यसकारण यो छलफलको विषय रहेको उनले बताए। आर्थिक ऐनको छलफलका क्रममा यसबारे बिष्तृत छलफल गरिने उनले जानकारी दिए।

याे पनि : बिजुली गाडीमा कर : प्रधानमन्त्रीको आदेशमा पछि हट्दै अर्थमन्त्री

२०७२ सालमा भारतले नाकाबन्दी लगाएका बेला विद्युतीय गाडीमा सार्वजनिक गाडीलाई १ प्रतिशत र नीजिलाई १० प्रतिशत भन्सार तोकिएको थियो।

तर त्यो अहिले ‘रिभाइज’ गर्न भने आवश्यक रहेको उनले बताएका थिए।

यसको मतलव अर्थमन्त्री खतिवडाले अहिले बढाइएको अन्तशुल्क र भन्सार शुल्कलाई केहि परिर्वतन गर्न लचक रहेको आशय व्यक्त गरेका हुन्।

याे पनि : भन्सार शुल्क बढ्नुअघि नै २०० विद्युतीय गाडी भित्रिएको खुलासा, कसले चुहायो सूचना?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .