सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक स्थगित भएको छ।
एमसीसीबारे छलफल गर्न मंगलबार दिउँसो ४ बजे प्रधानमन्त्री निवासमा बस्ने भनिएको सो बैठक स्थगित भएको महासचिव विष्णु पौडेलले जानकारी दिए।
‘संसदको कार्यसूचीसँग समय जुधेका कारण आजको सचिवालय बैठक स्थगित गरिएको छ’ नेपालखबरसँग कुरा गर्दै महासचिव पौडेलले भने।
प्रतिनिधिसभाको आजको बैठकमा नेपालको अन्तरराष्ट्रिय सीमासहितको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि सैद्धान्तिक छलफलको कार्यसूची राखिएको छ।
सरकारले यही जेठ ७ गते नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नयाँ नक्शा जारी गरेपछि सोहीअनुसार नक्शा र निशान छापलाई संविधानको अंग बनाउन सर्वदलीय सहमतिका आधारमा संविधान संशोधन गर्न लागिएको हो।
प्रतिक्रिया