ad ad

कारोबार


भारतले ५६ विद्यालय पुनर्निर्माणका लागि ३ अर्ब सहयोग गर्ने

भारतले ५६ विद्यालय पुनर्निर्माणका लागि ३ अर्ब सहयोग गर्ने

नेपालखबर
जेठ २६, २०७७ सोमबार ९:४३,

भारतले नेपालमा ५६ वटा उच्च माध्यमिक विद्यालय पुनर्निर्माण गरिदिने भएको छ।

नेपालका गोरखा, नुवाकोट, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा ५६ वटा उच्च माध्यमिक विद्यालयको पुनर्निर्माण गर्न लागेको हो।

भारतीय राजदूतावास तथा नेपाल सरकार शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइले यससम्बन्धी ७ वटा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। नेपालमा भूकम्प पश्चातको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारत सरकारको नेरु २.९५ अर्ब आर्थिक सहयोगमा यी विद्यालयहरुको पुनर्निर्माण गरिनेछ।

भूकम्प प्रतिरोधी क्षमताको लागि यी विद्यालयहरु नेपाल सरकारले तोकेको मापदण्डअनुरुप पुनर्निर्माण हुनेछन्। विद्यालय पूर्वाधारमा शैक्षिक भवन, कक्षाकोठा, फर्निचर र छात्र तथा छात्राका लागि छुट्टै सरसफाइको सुविधा रहेको छ ।

भूकम्प प्रतिरोधी संरचना पुनर्निर्माणको क्षेत्रमा भारतकै प्रमुख संस्थान केन्द्रीय भवन अनुसन्धान संस्थान, रुड्कीले यी विद्यालयहरुको पुनर्निर्माणको लागि प्राविधिक सहयोग प्रदान गर्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .