ad ad

कारोबार


आगामी आर्थिक वर्षदेखि मेलम्चीमाथि प्रश्न उठ्दैनः मन्त्री मगर

आगामी आर्थिक वर्षदेखि मेलम्चीमाथि प्रश्न उठ्दैनः मन्त्री मगर

नेपालखबर
जेठ २६, २०७७ सोमबार ९:४६,

खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षदेखि मेलम्चीको बारेमा प्रश्न उठाउने अवस्थाको अन्त्य हुने बताएकी छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत खानेपानी मन्त्रालयका विभिन्न शिर्षकमा विनियोजन भएको बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री मगरले मेलम्ची माथि वर्षौंदेखि उठ्दै आएका प्रश्नको बिटमार्ने समय छिट्टै आउने बताइन्।

उनले आगामी आर्थिक वर्ष मेलम्चीको पहिलो चरणको भौतिक निर्माणको काम सम्पन्न हुने र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको क्षेत्रभित्र मेलम्चीको पानी वितरण गरिने दाबी गरिन्। दोस्रो चरणमा उपत्यकाका अन्य क्षेत्रमा र चक्रपथ भन्दा बाहिरको क्षेत्रमा अहिले प्रयोग हुँदै आएको मुहानबाट पानी वितरणको व्यवस्था गरिने बताइन्। उनले आगामी आर्थिक वर्षको सुरुमै मेलम्चीको सुरुङको परीक्षण गरिने समेत बताइन्।

तराई क्षेत्र खासगरी प्रदेश नम्बर २ मा खानेपानीमा आर्सनिक समस्या रहेको र त्यसको समाधानका लागि तत्कालिन र दिर्घकालिन योजना सहित अगाडि बढेको मन्त्री मगरले बताइन्। वास प्लान अनुसार तत्कालीन अवस्थामा समाधान गरिने र दिर्घकालिन रुपमा मेचीदेखि महाकाली सम्मका खोलाहरुलाई सम्भाव्यता अध्ययन गर्ने र सम्भव भएकालाई आगामी आर्थिक वर्ष देखि नै डीपीआर कार्यान्वयनमा लैजाने गरी कार्यक्रम तय भएको जानकारी दिइन्। यस्तै देशैभर लागू हनेगरी खानेपानीको वास प्लान विकास गरिने र त्यसैको आधारमा खानेपानीका आयोजना तय गरिने उनले बताइन्।

यस्तै आगामी आर्थिक वर्ष भित्रमा ९४ प्रतिशत जनसंख्यामा आधारभुत खानेपानीको पहुँच पुर्याउने लक्ष्य सहित कार्यक्रम अगाडि बढाइएको बताइन्। उनले इतिहासमै पहिलो पटक खानेपानी विधेयक संसदमा प्रस्तुत भएको र छिट्टै कानूनको रुपमा आउने विश्वास समेत व्यक्त गरिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .