कारोबार


भाैतिक पूर्वाधारमा घट्याे बजेट, कहाँ कति छुट्याइयाे?

भाैतिक पूर्वाधारमा घट्याे बजेट, कहाँ कति छुट्याइयाे?

नेपालखबर
जेठ १५, २०७७ बिहिबार १२:२८,

अर्थमन्त्री डा. युवराज खतिवडाले भौतिक पूर्वधार मन्त्रालय अन्तरगत आगामी वर्षका लागि १ खर्ब ३८ अर्ब बजेट विनियोजन गरेका छन्। चालु आर्थिक वर्षको लागि १ खर्ब ५६ अर्ब विनियोजन गरिएको थियो।

आगामी वर्षको बजेट संसदमा पेश गर्दै उनले हरेक प्रदेशमा २ राष्ट्रिय राजमार्ग पुग्ने गरी काम अगाडी बढाइने घोषणा गरेका छन्। 

पूर्व–पश्चिम राजमार्गलाई डेडिकेटेड चार लेनको विस्तारको लागि १२ अर्व २१ करोड विनियोजन गरिएको छ। गत वर्ष १९ अर्व १८ करोड विनियोजन गरिएको थियो।

मध्यमहाडी पुष्पलाल लोकमार्ग निमार्णको लागि ८ अर्व २७ करोड विनियोजन गरिएको छ। नीति तथा कार्यक्रममा पुष्पलाल लोकमार्ग ३ सय किमि कालोपत्रे गर्ने उल्लेख गरिएको छ।

गतवर्ष ४३५ कि.मि. कालोपत्रे गर्नको लागि १२ अर्व २० करोड विनियोजन गरेकोमा लकडाउन अघि १४० कि.मी सडक कालोपत्रे र १८६ ग्राभेल भएको आर्थिक सर्वेक्षणले देखाएको छ।

उक्त लोकमार्गमा १२९ पुल मध्ये ६७ पुल निर्माण सम्पन्न भएका छन् र अहिलेसम्म १८७९ कि.मी सडक मध्ये ८०२ किमी कालोपत्रे भैसकेको छ।

हुलाकी राजमार्ग आगामी ३ वर्षभित्र सक्नको लागि आगामी वर्षको लागि ७ अर्व १ विनियोजन गरिएको छ। २५० किमी कालोपत्रे गर्ने जेठ २ को नीति तथा कार्यक्रमा उल्लेख रहेको थियो।

चालु आवमा तराईका जिल्लाहरु जोड्ने हुलाकी राजमार्गको ३५० किमी कालोपत्रे गर्न १३ अर्व ६३ करोड बजेट विनियोजन गरिएकोमा फागुन महिनासम्म १४२ किमी मात्रै कालोपत्रे तथा २०० किमी ग्राभेल भएको छ। हुलाकी सडक आयोजना १७९२ किमी मध्ये हालसम्म २७० किमी कालोपत्रे तथा ३२५ ग्राभेल र ८५ पुलको निमार्ण सम्पन्न भएको छ।

मदन भण्डारी राजमार्ग लाई ५ वर्षमा सक्ने गरी ३ अर्व ७ करोड विनियोजन गरिएको छ। त्यसको लागि आगामी वर्ष १ सय ५५ किमि कालोपत्रे गर्नुका साथै झापा र धरानमा सडक निर्माण थालिने उल्लेख गरिएको छ।

याे पनि: रेल सेवा सञ्चालनका लागि सरकारले ८ अर्ब बजेट विनियोजन गर्‍यो

चालु आवमा ४ अर्व ८२ करोड विनियोजन गरिएकोमा धरान–हेटौडा खण्डको ६५ किमी सकड कलोपत्रे तथा १४ पुल निर्माण भएको छ।

उत्तर दक्षिण जोड्ने कोरिडोरहरुको लागि ७ अर्व १६ करोड विनियोजन गरिएको छ।

काठमाडौं–मधेश द्रुर्त मार्ग ३ वर्षभित्र सम्पन्न गर्ने गरी ८ अर्व ३ करोड बजेट विनियोजन गरिएको छ। आगमी वर्ष उक्त सडकमा पर्ने जटिल पुल तथा सुरुङको निमार्ण कार्य अघि बढाउने उल्लेख गरेको छ।

पूर्व–पश्चिम राजमार्गको लागि १ अर्व ९६ करोड विनियोजन गरिएको छ।

सुर्यविनयक र कान्तिपथ पुरागर्न १ अर्व २० करोड बजेट विनियोजन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad