कारोबार


सरकारको स्वीकृति नै नलिई विद्युत् प्राधिकरणद्वारा ५६ अर्ब ८ करोडको सेयर लगानी

सरकारको स्वीकृति नै नलिई विद्युत् प्राधिकरणद्वारा ५६ अर्ब ८ करोडको सेयर लगानी

नेपालखबर
जेठ ३, २०८३ आइतबार ११:४१, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले सरकारको स्वीकृतिबेगर ५६ अर्ब ८ करोड ६० लाख रुपैयाँबराबरको सेयर लगानी गरेको पाइएको छ। 

महालेखापरीक्षकको ६३औँ प्रतिवेदनले कानुन उल्लंघन गरी सब्सिडरी, एसोसिएट र अन्य गरी ३५ निकायमा उक्त रकमबराबरको सेयर लगानी गरेको उल्लेख गरेको हो। 

सारांश प्रतिवेदनमा भनिएको छ, ‘नेपाल विद्युत् प्राधिकरण ऐन २०४१ को दफा ५ (क)अनुसार सेयर लगानी गर्दा नेपाल सरकारको स्वीकृति लिनुपर्दछ। नेपाल विद्युत् प्राधिकरणले नेपाल सरकारको स्वीकृतिबेगर ३५ निकाय (सब्सिडरी, एसोसिएट तथा अन्य)मा ५६ अर्ब ८ करोड ६० लाखबराबरको सेयर लगानी गरेको छ।’

त्यस्तै गण्डकी प्रदेशका २ मन्त्रालयबाट सरकारको स्वीकृति नलिई ३८ करोड १३ लाख रुपैयाँबराबरको रकम प्राप्त गरेको पनि महालेखाले औँल्याएको छ। यसबाहेक प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई सञ्चालकको रुपमा एकभन्दा बढी सहायक कम्पनीमा प्रतिनिधित्व गराएको पनि प्रतिवेदनमा औँल्याइएको छ। यसरी सञ्चालक नियुक्ति गर्दा नेपाल सरकारको स्वीकृति लिएको नदेखिएको महालेखाले उल्लेख गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad