गएको शुक्रबार तोलामा चार हजार रुपैयाँ घटेको सुनको मूल्य आज पनि व्यापक मात्रामा घटेको छ। चाँदीको मूल्यमा पनि आज गिरावट आएको छ।
सुनको मूल्य आज तोलामा ४५ सय रुपैयाँ घटेर २ लाख ९४ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
सुनको मूल्य शुक्रबार तोलाको २ लाख ९८ हजार ५ सय रुपैयाँ थियो। दुई दिनमै सुनको भाउ ८५ सय रुपैयाँ घटिसकेको छ।
त्यसैगरी गएको शुक्रबार तोलामा ३५५ रुपैयाा घटेको चाँदीको भाउ आज पनि तोलामा ३३० रुपैयाँ घटेको महासंघले जनाएको छ।
चाँदीको भाउ आज तोलाको ५ हजार ६० रुपैयाँमा झरेको छ।
गएको शुक्रबार तोलामा ३५५ रुपैयाँ घटेर चाँदीको भाउ तोलाको ५ हजार ३९० रुपैयाँमा झरेको थियो।
गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै सबैभन्दा बढी हो।
Shares

प्रतिक्रिया