कारोबार


निगमको जहाज फेरि अस्ट्रेलिया उड्ने

निगमको जहाज फेरि अस्ट्रेलिया उड्ने

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ११:५,

नेपाल वायुसेवा निगमको जहाज चार्टर्ड उडानमा फेरि अस्ट्रेलियाको क्यानवेरा जाने भएको छ। आगामी जुन ५ मा निगमको वाइडबडी विमानले अष्ट्रेलियाली राजधानी उडान भर्ने भएको हो।

नेपाल वायुसेवा निगमकी प्रवक्ता अर्चना खड्काले अष्ट्रेलियन दूतावासको आग्रहमा जहाजले चार्टर्ड उडान गर्नलागेको जानकारी दिइन्।

‘जुन ५ मा क्यानवेरामा निगमले पुनः चार्टर्ड उडान गर्दै छ’, प्रवक्ता खड्काले भनिन्, ‘नेपाली मूलका पीआर होल्डरसहित अष्ट्रेलियन नागरिक त्यसतर्फ जाँदै छन्।’

यसअघि नेपाल एयरलाइन्सले अष्ट्रेलियाको ब्रिसबेन र सिड्नीमा २ वटा चार्टर्ड उडान गरिसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad