समाज


अब शुल्क तिरेर काेराेना परीक्षण गर्न पाइने

अब शुल्क तिरेर काेराेना परीक्षण गर्न पाइने

नेपालखबर
जेठ ६, २०७७ मंगलबार ११:१६,

कोरोनाको लक्षण नदेखिए पनि अब शुल्क तिरेर पीसीआर परीक्षण गर्न पाइने भएकाे छ।

स्वइच्छाले पीसीआर परीक्षण गर्न चाहने व्यक्तिले सार्वजनिक स्वास्थ्य संस्थाहरुमा तोकिएको दररेटमा परीक्षण गराउने नीतिगत व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता देवकोटाले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा शूल्क तिरेर पीसीआर परीक्षण गर्न पाउने व्यवस्था मिलाइएको जानकारी दिए।

मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार मंगलबार अपराह्नसम्म काठमाडौं उपत्यकामा ३ सहित देशका विभिन्न जिल्लामा २७ जना नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ देखि ४२ वर्ष उमेर समूहका २४ जना पुरुष र ३ जना महिलामा संक्रमण देखिएको हो।

मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाही २, काठमाडौंमा ३, भक्तपुरमा १, मकवानपुरमा १, रामेछापमा १, ललितपुरमा १, सिन्धुलीमा १, कपिलवस्तुमा ४ र नवलपरासीमा १ जना नयाँ संक्रमित थपिएका हुन्। योसँगै नेपालमा संक्रमितको संख्या ४ सय २ पुगेको छ। अहिलेसम्म ३७ जना उपचारपछि निको भएर घर फर्किएका छन्।

गत २४ घण्टामा २ हजार २ सय ४० सहित अहिलेसम्म पीसीआर विधिबाट ३२ हजार ६ सय ४ जनाको नमुना परीक्षण गरिएको छ। यस्तै गत २४ घण्टामा ५ हजार ८९ सहित अहिलेसम्म ७४ हजार ६ सय ४९ वटा आरडिटी परीक्षण भएका छन्। प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा ९ हजार ४ सय ७३, प्रदेश नम्बर २ मा ९ हजार २ सय १६, बागमती प्रदेशमा १३ हजार १ सय ९७ र गण्डकी प्रदेशमा ६ हजार ९ सय ५७ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ३ सय ५३, कर्णाली प्रदेशमा ७ हजार ५ सय ९३ र सुदूरपश्चिम प्रदेशमा १८ हजार ८ सय ७० जनाको आरडिटी परीक्षण भएको छ।

उपत्यकामा १७ र बाहिर ४ सय ४० जना गरी ४ सय ५७ जना आइसोलेसनमा रहेका छन्। प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ सय ३७ र बागमती प्रदेशमा ७८ (उपत्यका १७ सहित) जना आइसोलेसनमा रहेका छन्। गण्डकी प्रदेशमा २, प्रदेश ५ मा १ सय ८८, कर्णाली प्रदेशमा १ र सुदूरपश्चिममा ११ जना आइसोलेसनमा रहेका छन्।

अहिले देशभरीका क्वारेन्टाइनमा २१ हजार ६ सय २३ जना रहेका छन्। प्रदेश नम्बर १ मा १ हजार १ सय ७८, प्रदेश नम्बर २ मा ३ हजार ४ सय ८१, बागमती प्रदेशमा ३ सय ३२ र गण्डकीमा ३ सय ५९ जना क्वारेन्टिनमा रहेका छन्। प्रदेश नम्बर ५ मा १३ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ सय ९९ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय ३६ क्वारेन्टाइनमा रहेका छन्।

सरकारले प्रदेश नम्बर २ र ५ का प्रभावित क्षेत्रलाई केन्द्रीत गरी कम्तिमा १०—१० जना चिकित्सको टोली खटाउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad