सरकारले प्रदेश २ र प्रदेश ५ मा १०/१० जनाको चिकित्सक सहितको टोली पठाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित बढी रहेका क्षेत्रमा चिकित्सकको टोली पठाउने निर्णय गरेको बताए।
उनले संक्रमितको संख्या बढ्दै गएपछि थप जनशक्ति पठाउने निर्णय भएको बताए।
‘प्रदेश २ र ५ लाई केन्द्रित गरी कम्तिमा १०/१० जनाको चिकित्सकसहितको टोली यथाशीघ्र खटाउने निर्णय भएको छ’, प्रवक्ता देवकोटाले भने, ‘ यो जुन प्रदेश, इलाका र क्षेत्रमा संक्रमितको संख्या धेरै देखिएको त्यो स्थानलाई फोकास गरेर टोली पठाउन लागिएको हो।’
पछिल्लो समय प्रदेश ५ को रुपन्देही, कपिलबस्तु, र बाँके र प्रदेश २ कोब बारा, पर्सा लगायतका जिल्लामा उल्लेख्य रुपमा कोरोना संक्रमित देखिएका छन्।
सरकारले त्यसैलाई मध्यनजर गर्दै गर्दै सरकाले थप जनशक्ति पठाउन लागेको हो।

प्रतिक्रिया