यामाहाको ब्लु फेस्ट काठमाडौंमा सुरु भएको छ। काठमाडौंको भृकुटीमण्डपमा ब्लु फेस्ट आयोजना गरिएको हो।
फेस्टमा यामाहाको एफजेट एस एफआई नयाँ मोटरसाइकलको भव्य सार्वजनिक गरिएको छ। यामाहा नेपालको अधिकृत बिक्रेता एमएडब्लु राइड्स प्रालिले यो फेस्ट आयोजना गरेको हो।
आइतबार सुरु भएको फेस्ट आगामी वैशाख ५ सम्म चल्नेछ। फेस्टमा अपग्रेड भएका कम्पनीका मोटरसाइकल अवलोकनका साथै एक्सचेन्ज र नयाँ खरिद पनि गर्न सकिने कम्पनीले जनाएको छ।
यसमा अन द स्पट फाइनान्स सुविधा, ४० महिनाको सस्तो ईएमआई योजनाबाट पनि ग्राहकले लाभ उठाउन सक्नेछन्। कम्पनीका अनुसार नयाँ वर्षको ब्लु कोड अफर समेत यो अवधिभर लागू हुनेछ।












27
Shares

प्रतिक्रिया