हङकङमा सिटीबस दुर्घटना, एकको मृत्यु

हङकङमा सिटीबस दुर्घटना, एकको मृत्यु

नेपालखबर
चैत २९, २०८२ आइतबार १५:२२, हङकङ

गएराति हङकङमा सिटीबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। शनिबार राति करिब ११ बजे चुङयानमा रोडमा गुडिरहेको बस नियन्त्रण गुमाएर फुटपाथमा ठोकिएको हो। 

दुर्घटनामा ४२ वर्षीय पुरुष बेहोस भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार, बेहोस अवस्थामा उद्धार गरी उनलाई उत्तरी लान्ताउ अस्पताल लगिएको थियो। घाइतेमा सतही चोटपटक देखिएको थिएन। अस्पताल पुर्‍याएको केही समयपछि चिकित्सकले मृत घोषित गरेका थिए।

सार्वजनिक यातायात फर्म सिटीबसले दुर्घटनामा मृत्यु हुने आफ्नो चालक कर्मचारी भएको बताएको छ। दुर्घटना के कारणले भएको हो भन्नेबारे न्यु टेरिटोरीज साउथ ट्राफिक मुख्यालयको विशेष अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ।

दुर्घटनाको बेला बसमा कुनै पनि यात्रु नभएको सिटीबसले जनाएको छ। बस चालक यस कम्पनीमा तीन वर्षदेखि कार्यरत थिए।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .